दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले भाजपाको राष्ट्रिय अध्यक्षका रूपमा पुनः चयन भएका कुशल संगठनकर्ता तथा ऊर्जावान युवा नेतृत्व नितिन नवीनलाई हार्दिक शुभकामना व्यक्त गरे।
सामाजिक संजाल मार्फत सांसदले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा यो नेतृत्व नयाँ पुस्ता, नयाँ राजनीतिको प्रतीक हो, जहाँ युवा शक्ति संगठनात्मक सुदृढता र राष्ट्र प्रथमको संकल्प सँगसँगै अघि बढ्छ भनि प्रकाश पारे।
यसरी नै सांसदले संजालमा प्रधानमन्त्रीको नेतृत्वमा प्रत्येक कार्यकर्ता र युवावर्गले विकसित भारत २०४७ को लक्ष्य साकार गर्न पूर्ण निष्ठाका साथ जुट्नेछन् भने।
अन्तमा सांसद संजालद्वारा यो भारतको नव–उत्थानको नयाँ युग हो—जहाँ अवसर, आकांक्षा र आत्मनिर्भरता एउटै दिशातर्फ अग्रसर छन् भनि उल्लेख गरे।










