दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आज सामाजिक संजाल मार्फत महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनको समाचारले अत्यन्तै दुःखी भएको भएको कुरा व्यक्त गरे।
उनले संजाल मार्फत महाराष्ट्रको विकास र सेवाप्रति पवारले पुर्याएको महत्वपूर्ण योगदान सधैं स्मरणीय रहनेछ भने। साथै सांसदले यस कठिन समयमा पवारका परिवारजन तथा निकटजनप्रति समवेदना व्यक्त गर्दै उनको आत्माले शान्ति पाओस् भनि संजालमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे।










