सांसद राजु विष्ट परिवर्तन जनसभामा सहभागी

Screenshot_20260127_212543_Facebook

जलपाईगुडी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले जलपाइगुडी जिल्लाको नगरकाटा विधानसभा क्षेत्र अन्तर्गत नगरकाटास्थित आदिवासी चर्च केन्द्रमा भारतीय जनता पार्टी (भाजपा) जलपाइगुडी जिल्ला समितिद्वारा आयोजित “परिवर्तन जनसभा” मा सहभागिता जनाए।

सामाजिक संजाल मार्फत सांसदले पश्चिम बंगालभरिका जनताले आज जवाफदेही शासनको तीव्र आवश्यकता महसुस गरिरहेको र डुवर्स, तराई एवं पहाडी क्षेत्रमा मात्र होइन, सम्पूर्ण राज्यबाट नै हराइरहेको छ भने।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले स्थानिय जस्ता क्षेत्रका सीमान्तकृत समुदायहरूलाई सशक्त बनाउने दिशामा निरन्तर काम गरिरहेको जनाए साथै केन्द्र सरकारले नयाँ श्रम संहिताहरू लागू गरेको र चिया बगानका श्रमिकहरूलाई उच्च पारिश्रमिक, सम्मानजनक जीवन तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने बताए।

सांसदले संजालमा सडक, राजमार्ग, रेल्वे तथा विमानस्थल विकासका लागि व्यापक लगानी भइरहेको छ भने । उनले केन्द्र सरकारले “जी राम जी” ऐन पनि लागू गरेको र ग्रामीण क्षेत्रमा जनतालाई १२५ दिनको सुनिश्चित रोजगारी प्रदान गर्ने कुरा व्यक्त गरे । सांसदले भने- आज दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रलाई विकासका लागि शीर्ष प्राथमिकता दिइएको र राज्यमा भाजपा सरकार बनेपछि विकासको यो गति अझ तीव्र हुने जानकारी गरे।

अन्तमा सांसदले ‘सबका साथ, सबका विकास’ प्रति भाजपाको प्रतिबद्धताले नगरकाटा, जलपाइगुडी तथा सम्पूर्ण उत्तर बंगाल क्षेत्रका लागि एक आशाजनक मार्गचित्र प्रस्तुत गरेको व्यक्त गरे। सांसद अनुसार यही कारणले उत्तर बंगालका जनताले फेरि एकपटक भाजपालाई भारी बहुमतका साथ विजयी गराउनेछन् भनि निश्चित भए।

About Author

Advertisement