दार्जिलिङ: अक्टोबर २०२५ मा दार्जिलिङ पहाड क्षेत्रमा भएको विनाशकारी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो। उक्त दुःखद घटनापछि पीडितहरूलाई आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता सांसद राजु विष्टले व्यक्त गरेको थिए भनि सांसदले सामाजिक संजालमा उल्लेख गरे।
आज सांसदले खुसीका साथ जानकारी गराए कि आफ्नो तलब तथा व्यक्तिगत कोषबाट पहिलो किस्ताका रूपमा १२ प्रभावित परिवारलाई घर निर्माणका लागि प्रतिपरिवार ₹१ लाखका दरले आर्थिक सहयोग प्रदान गरिएको छ। यसैगरी सांसदले संजालमा जनाए अनुसार यसका अतिरिक्त, उनले रिम्बिक–लोढोमा समष्टिअन्तर्गत पर्ने फञ्चायतर–फेदी खोला सडक निर्माणका लागि सांसद स्थानीय क्षेत्र विकास कोष (एमपीलेड) बाट ₹५० लाख उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको थिए सोही अनुसार, १९ अक्टोबर २०२५ मै आवश्यक सिफारिससहित उक्त रकम स्वीकृत गरी जिल्ला मजिस्ट्रेटको कार्यालयमा पठाइएको थियो। साथै, लोधोमा सार्वजनिक मैदानको पुनर्निर्माणका लागि थप ₹१० लाख पनि स्वीकृत गरिएको थियो।

सांसदले तर दार्जिलिङ जिल्ला मजिस्ट्रेटको कार्यालयबाट हालसम्म स्वीकृत रकम निकासा नभएको देख्दा अत्यन्त निराश भएको व्यक्त गरे। उनले यो ढिलाइ प्रशासनिक अयोग्यता हो कि जानाजानी गरिएको राजनीतिक दुर्भावनाको परिणाम हो भन्ने विषयमा निश्चित हुन नसकिरहेको आरोप लगाए। अन्तमा सांसदले यस किसिमको ढिलाइले अत्यावश्यक पूर्वाधार पुनःस्थापनाका लागि उपलब्ध स्रोतसाधनको उपयोगमा बाधा पुर्याउने कार्य अत्यन्तै दुर्भाग्यपूर्ण र निन्दनीय छ भने।











