सांसद राजु विष्टद्वारा जीटीएका सभासद स्व. भूपेन्द्रप्रति श्रद्धाञ्जलि व्यक्त

Screenshot_20260125_202956_Facebook

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले पुल-बिजनबारी,गोकका सभासद भूपेन्द्र छेत्रीका परिवारजन, साथीभाइ तथा समर्थकहरूप्रति हार्दिक समवेदना व्यक्त गरे। सामाजिक संजाल मार्फत सांसदले उनको असामयिक निधन अत्यन्तै स्तब्ध पार्ने र दुःखद बताए। सांसदले उल्लेख गरे अनुसार भूपेन्द्र युवा, ऊर्जावान थिए र खेलकुद गतिविधिमा सक्रिय रूपमा सहभागी थिए।
यसैक्रममा सांसदले समुदायप्रति समर्पित सेवाका क्रममा भूपेन्द्रलाई माया र समर्थन गर्ने सबैप्रति पनि गहिरो समवेदना प्रकट गरे। साथै यो गहिरो शोकको घडीमा सांसदको विचार र प्रार्थनाहरू पिडितहरुसँगै छन् भन्ने कुरा जनाए। अन्तमा सांसदले स्व.भूपेन्द्रको आत्मालाई चिरशान्ति प्राप्त होस् भनि ॐ शान्तिको स्तुति भरेर ईश्वरसित प्रार्थना गरे।

About Author

Advertisement