सांसद राजु विष्टद्वारा गायक प्रशान्त तामाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण

IMG-20260112-WA0073

सिलगढी: इण्डियन आइडल‌सिजन तीनका विजेता तथा गायक एवं नायक प्रशान्त तामाङको पार्थिवलाई‌ बाघडोगरा ल्याउँदा दार्जिलिङका सांसद राजु विष्टले श्रध्दाञ्जली अर्पण गरेका छन्। त्यसपछि तिनको पैतृकस्थल दार्जीलिङ लैजाँदा बाटामा विभिन्न ठाउँहरूमा शव वाहनलाई रोकेर मानिसहरूले तिनलाई खदा-माला चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे। दार्जीलिङ पुऱ्याएपछि आज प्रशान्त तामाङको पार्थिव शरीरलाई दार्जीलिङको चौरस्तामा जनताको दर्शनको निम्ति राखिने भएको छ।
यसैगरी, दार्जीलिङका सांसद राजु विष्ट पनि बाघडुग्रा विमान अड्डा परिसरमा पुगेर दार्जिलिङ पहाड, तराई र डुवर्सका जनतासँग मिलेर दिवंगत प्रशान्त तामाङलाई अन्तिम बिदाइ गर्न सहभागी भए अनि त्यहाँबाट तिनी अन्त्येष्टि यात्रामा सामेल भए। यस अवसरमा सांसद विष्टले भने, एक प्रतिष्ठित गोर्खा युवा प्रशान्तले आफ्नो स्वर, नम्रता र सरलतामार्फत संसारलाई मन्त्रमुग्ध पारे। हाम्रो दार्जिलिङ पहाडबाट उदाएर उनले सम्पूर्ण गोर्खा समुदायका आशा र आकांक्षालाई विश्वमञ्चमा पुर्यामए र हरेक गोर्खालाई गर्व गराए। यति कम उमेरमै यस्तो महान् व्यक्तित्व गुमाउनु अत्यन्तै हृदयविदारक छ। उनको निधनप्रति शोक व्यक्त गर्दै गर्दा, हामीले करोडौँलाई प्रेरित गर्ने उनको जीवन र संगीत तथा स्मृतिमार्फत सधैँ जीवित रहने उनको विरासतलाई पनि सम्झिरहेका छौँ।


उनकी धर्मपत्नी मार्था, उनकी छोरी, परिवारजन, साथीहरू तथा असंख्य प्रशंसकहरूप्रति सांसद राजु विष्टले हार्दिक समवेदना प्रकट गरेका छन्।

About Author

Advertisement