सांसद राजु विष्टद्वारा कृतज्ञता प्रकट

FB_IMG_1766324154279

जलढका: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्ट कालिम्पोङ जील्लाको जलढका गैरीगाउँस्थित श्री वशिष्ठ ऋषि गुरुकुल संस्कृत विद्यालयमा आयोजित एक हप्ते भक्तिज्ञान महायज्ञ तथा रामशिला दर्शन अनुष्ठानमा सहभागी भई आफूलाई अत्यन्त कृतज्ञ र धन्य अनुभूति गरेको कुरा सामाजिक संजाल मार्फत जनाएका छन्।
उनले जनाए श्री श्री विष्णु महापुराणमा भगवान् विष्णुको महिमा वर्णन मात्र नभई जीवनमा सकारात्मक ऊर्जाको सञ्चार, मानसिक शान्ति तथा भयबाट मुक्ति प्राप्त हुने सन्देश निहित छ। यस्तो भक्तिमय वातावरणमा विशिष्ट अतिथिहरू तथा सम्पूर्ण श्रद्धालुहरूसँग एकैसाथ बसेर भगवान् विष्णुको स्तुति सुन्न पाउनु उनको लागि ठूलो सौभाग्यको विषय रह्यो।
विष्टले अघि उल्लेख गरेका छन् कि आजको अनावश्यक प्रतिस्पर्धाले भरिएको समयमा यस्ता आध्यात्मिक अनुष्ठानहरूले हाम्रो घर–परिवार, समाज तथा राष्ट्रको जीवनमा स्थिरता, शान्ति र सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्।
अन्तमा विष्टले भक्तिज्ञान महायज्ञ तथा रामशिला दर्शनको यस पावन अनुष्ठानमा मुख्य कथावाचक पण्डित उदय दाहाल शास्त्री तथा अन्य प्रवचन कर्ताहरूलाई हार्दिक श्रद्धा र कृतज्ञता व्यक्त गरे। उनले भने उहाँहरूको कथावाचन र दिव्य वाणीले सम्पूर्ण श्रोतामण्डलीलाई मन्त्रमुग्ध मात्र होइन, आध्यात्मिक रूपमा लाभान्वित पनि गराएको छ।
यस अवसरमा उनलाई आमन्त्रण गरिएकोमा संस्थापक आचार्य भोला नाथ भट्टराई तथा गुरुकुल सञ्चालन समितिप्रति पनि हार्दिक धन्यवाद र आभार प्रकट गरेका छन्।

About Author

Advertisement