शालुगाडा: शालुगाडा नेपाली सांस्कृतिक समितिको पहलमा आज शालुगाडा बीएसएफ रोडमा आदिकवि भानुभक्त आचार्यको पूर्णाकृति मूर्तिको अनावरण समारोह सम्पन्न भयो।
उल्लेखित छ कार्यक्रममा सिलगढी नगरनिगमका मेयर गौतम देव लगायत स्थानीय समाजसेवी, सांस्कृतिककर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रह्यो।

कार्यक्रममा वक्ताहरूले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानको स्मरण गर्दै उनको कृतित्व र व्यक्तित्वले नेपाली समाजलाई सदैव प्रेरणा प्रदान गरिरहने विश्वास व्यक्त गरे।
अन्तमा मेयर गौतम देवले शालुगाडा नेपाली सांस्कृतिक समितिले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त मूर्ति स्थापना गरेको जनाए। साथै कार्यक्रम मार्फत भानुभक्त आचार्यको योगदानप्रति सम्मान प्रकट गर्दै आगामी पुस्तालाई आफ्नो भाषा र संस्कृतिप्रति जागरूक बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे।








