शान्ति ऐन कार्यान्वयन बारे सांसद श्रृंगलाले संसदमा उठाए प्रश्न

FB_IMG_1770971053618

दार्जिलिङ: पश्चिम बंगाल राज्यसभाका भाजपा सांसद हर्षवर्धन श्रृंगलाले हिजोको दिन संसदमा शान्ति ऐनको कार्यान्वयनबारे महत्वपूर्ण प्रश्नहरू उठाए।
सांसदले सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै विशेषगरी समयसीमा, संस्थागत संयन्त्र तथा आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगका लागि भारतको रणनीतिक कानुनी संरचना सुदृढीकरणका विषयमा ध्यान केन्द्रित गरेको कुरा उल्लेख गरे। साथै, उत्तर–पूर्वी क्षेत्र र पश्चिम बंगालमा वन तथा रूखको आवरणमा भएका परिवर्तन, वृक्षारोपण प्रयासहरू, र जवाफदेहिता तथा दिगोपन सुनिश्चित गर्न उपग्रह आधारित अनुगमनबारे पनि वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयसँग प्रश्न राखेको जनाए।
सांसदको प्रश्नहरूको विस्तृत उत्तर दिइएकोमा कार्मिक, जनगुनासो तथा पेन्सन र प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री डा.जीतेन्द्र सिंह तथा वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका राज्य मन्त्री कृति वर्दन सिंहलाई सांसदले हार्दिक धन्यवाद व्यक्त गरे।

About Author

Advertisement