सिलगढी: गत १९ फरवरी २०२६ तारिखको राति भएको एक दर्दनाक सडक दुर्घटनामा खडिबाडी ब्लकको दूधगेट क्षेत्रका बासिन्दा शंकर छेत्रीको असामयिक निधनप्रति सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले गहिरो शोक व्यक्त गरे।
प्राप्त जानकारी अनुसार चेयरमैन गौतम देवले आज शंकरको निवासस्थानमा पुगेर दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गरे साथै यस अपूरणीय क्षतिप्रति समवेदना व्यक्त गर्न शब्द नै अपर्याप्त रहेको बताए।

चेयरमैन गौतम देवले दिवंगत शंकर छेत्रीको परिवारका सदस्यहरूसँग भेटघाट गरी यस कठिन घडीमा उनीहरूलाई साहस र समवेदना प्रदान गरे। शोकसन्तप्त परिवारप्रति हरसम्भव सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे।










