वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजमा अष्ट्रेलियाको लगातार दोस्रो जीत

IMG-20250707-WA0103

सेण्ट जर्ज: अष्ट्रेलियाले दोस्रो क्रिकेट टेस्ट म्याचमा पनि वेष्ट इण्डिजलाई १३३ रनले पराजित गऱ्यो। यस जीतको साथ अष्ट्रेलियाले ३ वटा टेस्ट म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। अष्ट्रेलियाले दिएको २७७ रनको लक्ष्यलाई अघि राखेर खेल्दै आयोजक टीमका ब्याटरहरूले अधिक समयसम्म संघर्ष गर्न सकेनन्। यसरी वेष्ट इण्डिजको दोस्रो ईनिंग्स ३४.३ ओभरमा केवल १४३ रनमा समाप्त भयो। स्पिनर न्याथन लायन र पेस बलर मिचेल स्टार्कले ३-३ विकेट लिएर वेष्ट इण्डिजका ब्याटरहरूको सातो खाए। यसबाहेक जोश हेजलवुडले पनि २ विकेट लिए। वेष्ट इण्डिजको दोस्रो ईनिंग्समा कप्तान रोस्टन चेसले सर्वाधिक ३४ रन बनाए। यसबाहेक शमार जोसेफ २४, शाई होप १७, ब्रेण्डन किंग १४ र अल्जारी जोसेफ १३ रन बनाएर आउट भए। म्याचमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो ईनिंग्समा २८६ रन बनाएको थियो। त्यसपछि वेष्ट इण्डिजले २५३ रन बनाउँदा अष्ट्रेलियालाई पहिलो ईनिंग्सको आधारमा ३३ रनको बढ़त हासिल भएको थियो। यसरी अष्ट्रेलियाले आफ्नो दोस्रो ईनिंग्समा २४३ रन बनाउँदा वेष्ट इण्डिजलाई म्याच जित्न २७७ रन बनाउने लक्ष्य हासिल भएको थियो। यस लो स्कोरिंग म्याचको पहिलो ईनिंग्समा ६० र दोस्रो ईनिंग्समा ३० रन बनाउने एलेक्स केरीले प्लेयर अव् द म्याचको पुरस्कार जिते। अष्ट्रेलियाले यसअघि सीरीजको पहिलो टेस्ट म्याचमा पनि वेष्ट इण्डिजलाई १५९ रनले पराजित गरेको थियो।

About Author

Advertisement