वेनेज़ुएला का राष्ट्रपति मादुरोको गिरफ्तारीको विषयमा अन्तर्राष्ट्रिय विवाद

IMG-20260105-WA0002

नयाँ दिल्ली: अमेरिकाका विशेष सैन्य टोलीले शनिबार बिहान वेनेज़ुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट गिरफ्तार गरी न्यूयोर्क लगेको छ। उनीहरू माथी ड्रग तस्करीको आरोप लगाइएको छ, जुन मादुरोले बारम्बार अस्वीकार गरेका छन्। उनले यसलाई देशको तेलको विशाल भण्डारमा कब्जा गर्ने बहाना मानेका छन्।
अमेरिकाले गरेको यो कदमले अन्तर्राष्ट्रिय समुदायलाई अचम्मित तुल्याएको छ, र धेरै देशहरूले यसलाई ‘संयुक्त राष्ट्र चार्टरको उल्लंघन’ भनेका छन्। चीनले मादुरोको तुरुन्त रिहाइको माग गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय कानूनी उल्लंघन गरेको र दक्षिण अमेरिकामा खतरा सिर्जना गरेको जनाएको छ।

About Author

Advertisement