विश्वका नम्बर एक खेलाड़ीलाई पराजित गरी आयुष शेट्टी फाइनलमा

IMG-20260411-WA0096

निंग्बो (चीन): भारतका २० वर्षीय युवा शट्लर आयुष शेट्टीले ब्याडमिण्टन एशिया च्याम्पियनशीपमा ठूलो उलटफेर गर्दै विश्वका नम्बर एक खेलाड़ी कुनलावुत वितिदसरनलाई पराजित गरी फाइनलमा प्रवेश गरे। चीनको निंग्बोस्थित ओलम्पिक स्पोर्टस सेण्टरमा खेलिएको सेमिफाइनलमा आयुषले असाधारण पुनरागमन गर्दै १०-२१, २१-१९, २१-१७-ले जीत दर्ता गरे। यो म्याच ७५ मिनटसम्म चल्यो अनि भारतीय खेलाड़ीले दबाउमा असाधारण खेल देखाए। यी दुई खेलाड़ीबीच यसअघि गत वर्ष आर्कटिक ओपनमा भिड़न्त भएको थियो, जसमा वितिदसरनले सीधा गेममा जीत हासिल गरेका थिए तर यसपाली आयुषले असाधारण पुनरागमन गर्दै हिसाब बराबर गरे। पहिलो गेम हारेपछि असाधारण पुनरागमन गर्दै उनले आफ्नो मानसिक मजबूती पनि साबित गरे। यसरी आयुष यस प्रतिष्ठित टुर्नामेण्टको फाइनलमा पुग्ने भारतका दोस्रो पुरुष एकल खेलाड़ी बनेका छन्। आयुष पुुरुष एकलको फाइनलमा पुग्ने ५९ सालपछि पहिलो भारतीय बनेका छन्। यसअघि दिनेश खन्नाले १९६५-मा स्वर्ण पदक जितेका थिए। यसरी २०१८-मा एचएस प्रणयले भारतको निम्ति काँस्य पदक जितेका थिए। आयुषले कम्तीमा रजत पदक पक्का गरेका छन् तर अहिले उनको नजर स्वर्ण पदक जितेर इतिहास रच्नुमा रहनेछ। आयुष भारतीय ब्याडमिण्टनमा नयाँ नक्षत्र बनेर अघि आएका छन्। भारतको निम्ति यस टुर्नामेण्टमा अन्तिम पदक २०२३-मा आएको थियो, जब सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको पुरुष युगल जोड़ीले खिताब जितेको थियो। विश्वका २५औं नम्बरका खेलाड़ी आयुषको यो प्रदर्शन कुनै संयोगभन्दा कम्ती होइन। उनले क्वार्टर फाइनलमा विश्वका नम्बर ४ खेलाड़ी जोनाथन क्रिस्टीलाई २३-२१, २१-१७-ले पराजित गरेका थिए। यसबाहेक उनले चाइनीज ताइपेका चिन यू जेन र चीनका ली शी फेंग दस्ता मजबूत खेलाड़ीहरूलाई पनि पराजित गरे। फाइनलमा आयुषको भिड़न्त चाऊ तियेन चेन र शी यूकी के बीन-बीच खेलिने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ। टुर्नामेण्टमा अन्य भारतीय खेलाड़ीहरूका प्रदर्शन चाहिँ निराशाजनक रह्यो। पीभी सिन्धू दोस्रो राउण्डमै बाहिर भइन् जबकि लक्ष्य सेनले पहिलो राउण्डमै हारको सामना गर्नु पऱ्यो।

About Author

Advertisement