विभिन्न क्षेत्रहरूमा १६ वटा पक्की सडक निर्माण कार्यको शुभारम्भ

FB_IMG_1771595041576

सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले पश्चिम बंगालका ग्रामीण तथा शहरी क्षेत्रका सडकहरूको समग्र विकासको उद्देश्यले राज्यकी मुख्यमन्त्री ममता बनर्जीको विशेष पहलमा “पथश्री” परियोजनाअन्तर्गत सिलगढी नगर निगमका ५ वटा वार्डका विभिन्न क्षेत्रहरूमा १६ वटा पक्की सडक निर्माण कार्यको शुभारम्भ गरेको जनाए।


सिलगढी नगर निगमको स्थानलाई प्रेसित गर्दै सामाजिक संजाल मार्फत जारी प्राप्त जानकारी अनुसार परियोजनाको शुभारम्भ गरेपछि चेयरमैन देवले यस कार्यलाई द्रुतगतिमा अघि बढाएर लाने मनसाय प्रकट गरे भने अब स्थानिय जनमानसमा बाटोको पुर्ण मर्मतपछि हिंडडुल गर्न थुप्रै सुविधा हुने मनसाय व्यक्त गरे। साथै मुख्यमन्त्रीको उद्योग कै कारण यो कार्यको शुभारम्भ भएको हुनाले गौतम देवले मुख्यमन्त्री ममता बेनर्जीप्रति कृतज्ञता प्रकट गरे।

About Author

Advertisement