विधायिका अग्निमित्रा पालद्वारा पाडामा पाडामा दिदिभाइ’ पहललाई अघि बढाउने कार्यक्रम आरम्भ

FB_IMG_1771939423252

आसनसोल: ‘पाडामा पाडामा दिदिभाइ’ पहललाई अझ एक कदम अगाडि बढाउँदै यसपटक आसनसोल दक्षिण कि विधायिका अग्निमित्रा पालले प्रत्येक घर, प्रत्येक परिवारसम्म पुग्ने लक्ष्य लिएकी छन। सामाजिक संजाल मार्फत प्राप्त जानकारी अनुसार यही कार्यक्रम अन्तर्गत आज शान्तिनगर, मण्डल २ को वार्ड नम्बर ८० का घर–घरमा पुगेर स्थानीय बासिन्दासँग श्रीमती पालले कुराकानी गरिन्। उनिहरूको आवश्यकता, प्राप्त सुविधा र अपेक्षाबारे प्रत्यक्ष रूपमा सुनिन्। जनताका वास्तविक समस्यालाई नजिकबाट बुझ्नु नै उनको यस भ्रमणको मुख्य उद्देश्य रहेको बताइन्।
विधायिका अग्निमित्रा पालले विपक्षी दलको निर्वाचित जनप्रतिनिधिका रूपमा काम गर्दा विभिन्न अवरोधहरूको सामना गर्नुपरेको छ भनिन् भने तृणमूल कङ्ग्रेस सरकारको प्रतिकूल वातावरणका बाबजुद पनि जनताको साथमा रहने आफ्नो प्रतिबद्धतामा अडिग रहने जनाइन्। साथै, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतीय जनता पार्टी सरकारका विभिन्न जनमुखी योजना र पहलहरू जनतासम्म पुर्‍याउनु पनि अत्यन्त महत्वपूर्ण ठान्ने जानकारी गराइन्।
अन्तमा विधायिकाले आगामी दिनमा जनताले भाजपालाई समर्थन गरेमा उनिहरूको अपेक्षा पूरा गर्न अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरिन्।
यसरी नै विशेष गरी रोजगारीको क्षेत्रमा ममता बनर्जी नेतृत्वको तृणमूल सरकारको असफलता स्पष्ट देखिएकोले वैकल्पिक विकासको मार्ग देखाउन भाजपा प्रतिबद्ध रहेको व्यक्त गरिन्।

About Author

Advertisement