सिलगढी/आसनसोल: सिलगढीका भाजपा विधायिक डा.शंकर घोष र आसनसोल दक्षिणकी भाजपा विधायिका अग्निमित्रा पालले सामाजिक संजाल मार्फत संयुक्तरुपमा उच्च माध्यमिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना तथा सफलताको मंगलकामना व्यक्त गरे।

प्राप्त जानकारी अनुसार विधायिक शंकर घोषले परमेश्वरसँग सबै परीक्षार्थीहरूको सफलताको लागि प्रार्थना गरे साथै विधायिका अग्निमित्रा पालले आसनसोल दक्षिण विधानसभा अन्तर्गत बर्नपुरको सुभाष पल्ली विद्यालयमा उच्च माध्यमिक परीक्षार्थीहरूलाई शुभकामना व्यक्त गरिन्।










