वरिष्ठ कलाकार सुनिल थापा अब रहेनन

IMG-20260207-WA0113

काठमाडाैं: वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ।
हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो। शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आउनु भएको थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । उहाँ हाल नेपाली चलचित्र राम नाम सत्यको छायाँकनमा व्यस्त हुनुहुन्थ्यो ।
नेपाली चलचित्रमा ‘खलनायक’ भुमिकालाई नायक सरहको चर्चा र सम्मान दिलाउन सफल उहाँ ‘राते काइँला’ नामले विशेष रूपमा परिचित हुनुहुन्थ्यो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित बरिष्ठ कलाकार भएको बताउनु भयो । नेपालको चलचित्र क्षेत्रमा उहाँको योगदान उल्लेखनीय रहेको अध्यक्ष निरौलाले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँ मिलनसार, सबैलाई ईज्जत गर्ने र अनुशासित कलाकार हुनुहुन्थ्यो।
निर्देशक तथा अभिनेता प्रशान्त ताम्राकारले थापाले भने उहाँको निधनले नेपाली चलचित्र उद्योगलाई ठूलो क्षति पुगेको छ । उहाँले आफ्नो चलचित्र यात्रामा सुनिल थापाको ठूलो सहयोग र योगदान रहेको बताए l उहाँले शुक्रवार मात्रै थापासँगै आफूले रामनाम सत्य नामक चलचित्रको छायाँकन गरेको र उक्त चलचित्रको बाँकी कामको लागि दैलेख जाने योजना भएपनि अब अधरो रहेको उबताए ।
थापाका परिवारका सदस्यहरू भारतको मुम्बईमा बसोवास गर्दै आएका छन्। थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। परिवारका सदस्य काठमाडौं आएपछि अन्तिम संस्कार गर्ने जनाईएको छ। हाल नर्भिक अस्पतालमा कलाकारहरुको बाक्लो उपस्थिति रहेको छ । बरिष्ठ कलाकार नीर शाह, निर्माता तुलसी घिमिरे, कलाकार विल्सनविक्रम राई लगायतका कलाकारहरु थापाको निधनको खबरपछि नर्भिक अस्पताल पुग्नु भएको थियोl

About Author

Advertisement