लिंक लिमिटेड र मित्सुबिशी पेनसिल कम्पनीबीच संयुक्त लगानी

IMG-20251023-WA0140(1)

यूनि लिंक इन्डिया’ गठन

कोलकाता: भारतको अग्रणी लेखन सामग्री निर्माता कम्पनी लिंक लिमिटेडले जापानको चर्चित मित्सुबिशी पेनसिल कम्पनी लिमिटेडसँग संयुक्त लगानी गर्दै नयाँ कम्पनी ‘युनी लिंक इन्डिया प्रा. लि.’ गठन गरेको घोषणा गरेको छ।
यो साझेदारीले भारतको लेखन उपकरण उद्योगमा नयाँ युगको सुरुवात गर्ने कम्पनीहरूले जनाएका छन्। लिंकको देशव्यापी वितरण सञ्जाल र ब्रान्ड मूल्यलाई मित्सुबिशीको जापानी प्रविधि र विश्वप्रसिद्ध ‘यूनि’ ब्रान्डको गुणस्तरसँग जोड्ने योजना छ।
लिंक लिमिटेडका पूर्णकालिक निर्देशक आलोक जालानले भने,
“यो केवल व्यापारिक सहकार्य होइन, साझा सपना र मूल्यहरूको एकता हो। हाम्रो लक्ष्य भारतीय उपभोक्तालाई विश्वस्तरका लेखन उपकरण किफायती मूल्यमा उपलब्ध गराउनु हो।”
युनी लिंक इन्डियाले २०२५ सेप्टेम्बरदेखि उत्पादन सुरु गरेको छ। प्रारम्भिक चरणमा भारतकै मागअनुसार डिजाइन गरिएका बॉलप्वाइन्ट कलम उत्पादनमा जोड दिइएको छ।
संयुक्त कम्पनीको कारखाना गुजरातमा रहेको छ, जसको औपचारिक उद्घाटन अक्टोबर १ मा दुबै कम्पनीका शीर्ष अधिकारीहरूको उपस्थितिमा सम्पन्न भयो।
कम्पनीमा मित्सुबिशी पेनसिलको ५१ प्रतिशत र लिंक लिमिटेडको ४९ प्रतिशत लगानी रहेको छ।
संयुक्त लगानीको लक्ष्य भारत मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि लेखन सामग्रीको उत्पादन, गुणस्तर र वितरण प्रणालीमा नयाँ अध्याय शुरु गर्नु रहेको बताइएको छ।

About Author

Advertisement