लक्ष्मी भण्डारको रकम बढेपछि सिलिगुडीमा मिठाई वितरण

IMG-20260206-WA0069

सिलिगुडी: राज्य बजेटमा लक्ष्मी भण्डार योजनाअन्तर्गत मासिक अनुदानमा ५०० रुपैयाँ वृद्धि गर्ने घोषणा मुख्यमन्त्री ममता बनर्जीले गर्नुभएको छ। यस घोषणापछि सम्पूर्ण बंगालभर खुशीको लहर छाएको छ, जसको प्रभाव सिलिगुडीमा पनि देखिएको छ।
मुख्यमन्त्रीको यस निर्णयको स्वागतस्वरूप दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको पहलमा सिलिगुडी सहरमा लक्ष्मी भण्डार योजनाका लाभार्थी महिलाहरूबीच मिठाई वितरण गरिएको थियो। यस अवसरमा पापिया घोष उपस्थित रहनु भएको थियो। महिलाहरूले एक–अर्कालाई मिठाई खुवाउँदै आफ्नो खुशी साटासाट गरे।
पापिया घोषले भन्नुभयो, “मुख्यमन्त्री ममता बनर्जीले फेरि एकपटक प्रमाणित गर्नुभएको छ कि उहाँ गरिब तथा सर्वसाधारणको हितका लागि सोच्नुहुन्छ। लक्ष्मी भण्डारको रकम बढेर अब १५०० रुपैयाँ पुगेपछि बंगालका आमा–बहिनीहरूलाई ठूलो राहत मिल्नेछ। यो रकम उनीहरूको दैनिक जीवनका विभिन्न आवश्यकताहरू पूरा गर्न उपयोगी हुनेछ।”
उहाँले थप भन्नुभयो, “यो हाम्रो लागि अत्यन्तै खुशीको कुरा हो। मुख्यमन्त्रीले जे भन्नुहुन्छ, त्यो गरेर देखाउनुहुन्छ, आज फेरि त्यसको प्रमाण मिलेको छ। आगामी दिनमा पनि बंगालका आमा–बहिनीहरूका लागि थप योजनाहरू ल्याइनेछ, जसको जानकारी समयमै दिइनेछ।

About Author

Advertisement