रोनाल्डोको चोटले पोर्तुगलको चिन्ता बढ़्यो

IMG-20260307-WA0049

नयाँ दिल्ली: सऊदी अरबको क्लब अल-नस्रबाट खेल्ने स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोको ह्याम्स्ट्रिंगको चोट सोचिएको भन्दा अधिक गम्भीर देखिएको छ। टीमका प्रशिक्षक जर्ज जीससले यस चोटले गर्दा ४१ वर्षीय रोनाल्डो पोर्तुगलको राष्ट्रिय टीमबाट आउँँदो म्याचहरूमा खेल्नु संदिग्ध रहेको खुलासा गरेका छन्। रोनाल्डोलाई गत हप्ता सऊदी प्रो लीगको म्याचमा चोट लागेको थियो। त्यस म्याचमा अल नस्रले अल फायहालाई ३-१-ले पराजित गरे पनि रोनाल्डो म्याचको अवधि नै चोटको शिकार बनेर मैदान बाहिर गएका थिए। प्रशिक्षक जर्ज जीससले बताएअनुसार, शुरुवातमा मांंसपेशीमा हल्का चोट प्रतीत भएको थियो तर मेडिकल जाँचपछि चोट अनुमान गरिएको भन्दा अधिक गम्भीर रहेको थाहा लाग्यो। उनले भने, रोनाल्डोले मैदान छोड़्दा हामीले उनको मांसपेशीमा हल्का चोट लागेको सोचेका थियौं तर उनको चोट गम्भीर रहेको थाहा लाग्यो। रोनाल्डोलाई अहिले आराम र उचित उपचारको आवश्यकता छ। उपचारको निम्ति उनी स्पेन जानेछन्, जहाँ उनका निजी फिजियोथेरेपिष्टले उनको रिकवरीमाथि काम गर्नेछन्। टीमलाई उनी चाँड़ै फिट भएर मैदानमा ओर्लिने आशा रहेको छ। स्टार फरवर्ड रोनाल्डोको चोटले पोर्तुगलको टीमलाई ठूलो झट्का लागेको छ। पोर्तुगलले फिफा वर्ल्ड कप २०२६-को तयारी गर्न केही महत्त्वपूर्ण इण्टरनेशनल फ्रेण्डली म्याचहरू खेल्नेछ। यसमा २८ मार्चमा मेक्सिकोविरुद्ध म्याच रहेको छ, जुन मेक्सिको सिटीमा खेलिनेछ। त्यसपछि १ अप्रेलमा अमेरिकाविरुद्ध म्याच रहेको छ, जुन अटलाण्टामा खेलिनेछ। यी फ्रेण्डली म्याचहरूमा चोटग्रस्त रोनाल्डोको उपलब्धता अनिश्चित रहेको छ। चोट लाग्न अघि रोनाल्डो असाधारण फर्ममा थिए। उनले यस सीजनमा अल नस्रको निम्ति २२ वटा म्याचमा २१ गोल गरेका छन्। यसरी उनले टीमको सफलतामा महत्त्वपूर्ण योगदान दिएका छन्।

About Author

Advertisement