रोजर फेडररलाई हल अव् फेम-मा सामेल गरिने टिकटहरू २ मिनटमै बिक्री

IMG-20260212-WA0061

नयाँ दिल्ली: रोजर फेडररले टेनिसबाट सन्न्यास लिइसकेको भए पनि प्रशंसकहरूबीच उनको क्रेज अहिले पनि पहिला जस्तै रहेको छ। त्यसको एक झलक उनलाई अन्तर्राष्ट्रिय टेनिस हल अव् फेम-मा सामेल गर्ने समारोहको टिकटहरूको भारी मागमा देख्न पाइयो। फेडररसँग सम्बन्धित यस समारोहको सबै टिकट २ मिनटमा बिक्री भयो। आयोजकहरूले आउटडोर पार्टीको निम्ति अलग्गै अतिरिक्त टिकट जारी गरेका थिए तर त्यो पनि बिक्री भइसकेको छ। अन्तमा गएर आयोजकहरूले सीमित क्षमता भएको हुनाले अधिक टिकट जारी गर्ने नसक्ने बयान जारी गरेको छ। आयोजक हल अव् फेम-ले सोशल मीडियामा जारी एउटा पोस्टमा भनेको छ, एउटा सानो तर ऐतिहासिक स्थल भएको हुनाले हाम्रो क्षमता सीमित छ। ग्राण्ड स्ल्याम टुर्नामेण्टहरूमा २० पल्टका च्याम्पियन पुरुष खेलाड़ीलाई लिएर प्रशंसकहरूबीच कतिको उत्साह हुनेछ भन्ने हामीलाई पहिलादेखि नै अन्दाज थियो। यस दिग्गज टेनिस खेलाड़ीलाई २९ अगस्तमा प्रसारक मेरी केरिलोसँग हल अव् फेम-मा सामेल गरिनेछ। न्यूपोर्टमा हुने मुख्य समारोहको निम्ति पहिलादेखि उपलब्ध ९०० टिकटहरूको साथमा ३६०० सीट भएको स्टेडियमलाई एउटा विशेष कार्यक्रमको निम्ति खोलिनेछ। प्रवक्ता मेगन एर्ब्सले बताएअनुसार, ४५०० वटा टिकट केवल २ मिनटमा बिक्री भयो।

About Author

Advertisement