रेशम चौधरीले नयाँ पार्टी बनाउने

IMG-20250914-WA0075

बिर्तामोड: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छोड्ने घोषणा गरेका छन्। उनले अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोल्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत उक्त पार्टी छोड्ने घोषणा गरेका छन्। केही समयदेखि चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको पदाधिकारीत्वलाई लिएर विवाद भइरहेको छ।
चौधरीले सबै पार्टी कार्यकर्ताहरूलाई नयाँ पार्टीमा सामेल हुन आग्रह गरेका छन्। उनले अब नयाँ पुस्ताको माग र भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले चाँडै नयाँ पार्टीको बैठक बोलाएर विस्तृत जानकारी सार्वजनिक गर्ने बताएका छन्।

About Author

Advertisement