रेकर्ड मूल्यमा बिक्री भयो डन ब्रेडम्यानको टेस्ट क्याप

IMG-20260127-WA0068

मेलबर्न: अष्ट्रेलियाका महान ब्याटर डोनाल्ड ब्रेडम्यानको ब्यागी ग्रीन क्याप हालै गोल्ड कोस्टमा लिलाम भयो। यो त्यही क्याप हो जसलाई ब्रेडम्यानले १९४७-४८-मा भारतविरुद्ध घरेलु टेस्ट सीरीजमा लगाएका थिए अनि उनले त्यसलाई भारतीय क्रिकेट श्रीरंगा वासुदेव सोहोनीलाई उपहारमा दिएका थिए। सोहोनी परिवारले त्यस क्यापलाई ७५ सालसम्म सम्हालेर राखेको थियो अनि कहिले सार्वजनिक रूपमा देखाएको थिएन। ब्रेडम्यानको त्यस क्यापको निम्ति ४.६० लाख अष्ट्रेलियन डलर (लगभग ३ करोड़ रुपियाँ)-को बोली लाग्यो। समग्रमा १६.५ प्रतिशत प्रीमियन जोड़ेपछि अन्तिम रकम ५३५,९०० अष्ट्रेलियन डलर (लगभग ३.४० करोड़ रुपियाँ) रह्यो। यो ब्रेडम्यानको कुनै पनि क्यापको निम्ति अहिलेसम्मको सबैभन्दा ठूलो बोली हो। टोपीमा अष्ट्रेलियाई क्रिकेटको लोगो अनि १९४७-४८ लेखिएको छ। लोयड अक्शन्सले टोलीलाई बिक्री गऱ्यो। मुख्य परिचालन अधिकारी ली होम्सले बताएअनुसार, सोहोनी परिवारको यो क्याप अष्ट्रेलियामै रहोस् भन्ने अन्तिम इच्छा थियो। लिलामीमा अष्ट्रेलिया, भारत र ब्रिटेनका खरीदारहरूले गहिरो रूची देखाए। क्यापलाई अब अष्ट्रेलियाको कुनै प्रमुख संग्रहालयमा प्रदर्शित गरिनेछ। क्यापमा ब्रेडम्यान र सोहोनीको नाम अंकित छ। भारत र अष्ट्रेलियाबीच सीरीज ब्रेडम्यानको अन्तिम घरेलु सीरीज थियो। त्यसपछि उनले १९४८-मा ९९.९४-को औसतको साथ क्रिकेटबाट सन्न्यास लिएका थिए। त्यो भारतीय टीमको स्वतन्त्र भारतपछि पहिलो विदेश यात्रा थियो, जसमा टीमले लाला अमरनाथको कप्तानीमा ५ वटा टेस्ट म्याच खेलेको थियो। अष्ट्रेलियाले ४-०-ले सीरीज जितेको थियो।

About Author

Advertisement