रुसमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

IMG-20250913-WA0074

मस्को: शनिबार रूसको कामचटका क्षेत्रको पूर्वी तट नजिकै ७.१ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको गहिराई १० किलोमिटर रहेको समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड)लाई उद्धृत गर्दै उल्लेख गरेको छ।
यसैबीच अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ७.४ र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ।
भूकम्पपछि प्रशान्त सुनामी चेतावनी प्रणालीले सम्भावित सुनामीको चेतावनी दिएको छ।
गत महिनाको अन्त्यमा कामचट्का नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि यस क्षेत्रका धेरै ठाउँमा सुनामीका छाल उठे।
यस भूकम्पको प्रभाव जापानमा पनि परेको थियो।

About Author

Advertisement