रुसद्वारा पेट्रोलियम निर्यातमा प्रतिबन्ध, आन्तरिक आपूर्ति सुरक्षित गर्न कदम

2025-10-15T075934Z_716966802_RC27CHAHGCFB_RTRMADP_3_RUSSIA-ENERGY

नयाँ दिल्ली: रुस सरकारले आगामी १ अप्रिलदेखि पेट्रोलियम उत्पादनको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पश्चिम एशियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताबीच आन्तरिक आपूर्ति सुनिश्चित गर्न र इन्धन मूल्य स्थिर राख्न उक्त कदम चालिएको हो।
रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोवाकको अध्यक्षतामा सम्पन्न बैठकपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो। बैठकमा घरेलु पेट्रोलियम बजारको अवस्था र आपूर्तिको समग्र समीक्षा गरिएको बताइएको छ।
रुसले आन्तरिक बजारमा पेट्रोल र डिजेलको पर्याप्त मौज्दात रहेको तथा रिफाइनरी उत्पादन क्षमता उच्च स्तरमा सञ्चालन भइरहेको जनाएको छ। तथापि, विश्व बजारमा मूल्यमा भइरहेको उतारचढावलाई ध्यानमा राख्दै निर्यात नियन्त्रण आवश्यक ठानिएको हो।
राष्ट्रपति भ्लादिमिर पुटिनले निर्धारण गरेको लक्ष्यअनुसार आन्तरिक बजारमा इन्धन मूल्य नियन्त्रणमा राख्न विशेष जोड दिइएको छ। यस निर्णयले स्थानीय बजारलाई प्राथमिकता दिँदै उपभोक्तालाई मूल्यवृद्धिको असरबाट जोगाउने अपेक्षा गरिएको छ।
ऊर्जा मन्त्रालयलाई औपचारिक प्रस्ताव तयार पार्न निर्देशन दिइएको र सोहीअनुसार अप्रिल १ देखि लागू हुने जनाइएको छ।

About Author

Advertisement