राष्ट्रिय स्टार्टअप दिवस २०२६ को ऐतिहासिक अवसरमा मुख्यमन्त्रीद्वारा बधाई

FB_IMG_1768664480870

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत सिक्किम सरकारको तर्फबाट तथा आफ्नै व्यक्तिगत तर्फबाट, राष्ट्रिय स्टार्टअप दिवस २०२६ को ऐतिहासिक अवसरमा जसले स्टार्टअप इन्डिया आन्दोलनको एक दशक पूरा गरेको र सिक्किमलाई प्रतिष्ठित “उदीयमान नेता” पुरस्कार प्रदान गरिएकोमा वाणिज्य तथा उद्योग विभागका अधिकारीहरू, उद्यमी समुदाय र सबै सरोकारवालाहरूलाई हार्दिक बधाई तथा हार्दिक प्रशंसा व्यक्त गरे।
राज्यका लागि यो पहिलो राष्ट्रिय स्तरको स्टार्टअप मान्यता सिक्किमको जीवन्त, समावेशी र नवप्रवर्तन-आधारित स्टार्टअप इकोसिस्टम निर्माणप्रति दृढ प्रतिबद्धताको स्पष्ट प्रमाण हो भनि मुख्यमन्त्रीले संजालमा व्यक्त गरे।
विशेष रूपमा मुख्यमन्त्रीले वाणिज्य तथा उद्योग विभागकी सचिव सुश्री कर्मा डी. युत्सो, उनको टोलीमा रहेका सुश्री छोडेन ग्यात्सो र रवि कुमार, तथा मन्त्री टी.टी. भुटियाको समग्र मार्गदर्शनप्रति आफ्नो विशेष प्रशंसा अभिलेखमा राख्न चाहे अनि उनिहरूको उत्कृष्ट नेतृत्व र समर्पित योगदान प्रशंसनीय छ भने।
मुख्यमन्त्रीले यो उपलब्धि सबै अधिकारीहरू, उद्यमीहरू, स्टार्टअपहरू र इकोसिस्टम साझेदारहरूको साझा सफलता हो भने साथै सरकारले प्रगतिशील नीति, इन्क्युबेसन सहयोग र वित्तीय पहुँच विस्तारमार्फत उद्यमशीलतालाई थप सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँने कुरा प्रष्ट पारे साथै यसले उत्तर–पूर्व क्षेत्रमा नवप्रवर्तन–आधारित र समावेशी विकासको केन्द्रका रूपमा सिक्किमको उदीयमान पहिचानलाई बलियो बनाउनेछ भने।


अन्तमा मुख्यमन्त्रीले संजाल मार्फत सबै सम्बन्धित पक्षलाई यही समर्पण, सहकार्य र सामूहिक प्रतिबद्धताको भावनासाथ अगाडि बढ्न र हाम्रो युवापुस्तालाई लाभ पुग्ने तथा राज्यको समग्र विकासमा अर्थपूर्ण योगदान दिने उच्च स्तरको सफलता हासिल गर्न आग्रह गरे। साथै, निरन्तर सहयोग, मार्गदर्शन र प्रोत्साहनका लागि भारत सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।

About Author

Advertisement