काठमाडौँ : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ। निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो।
मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन्।
कोशीमा स्थानीय तहका २६७ र प्रदेश सभाका ९२ जना मतदाता थिए। यस्तै गण्डकीमा प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १६६ जनाले मतदान गरेका छन्।









