राज्य निर्वाचनअघि सिलगढीमा भित्ते लेखन अभियान सुरु

FB_IMG_1773665131175

सिलगढी: निर्वाचन कार्यतालिका घोषणा भएसँगै राज्यभरि चुनावी गतिविधि तीव्र बनेको छ। सोमबार बिहान सिलगढीका विभिन्न क्षेत्रमा भारतीय जनता पार्टीका कार्यकर्ता तथा समर्थक सक्रिय रूपमा देखिएका थिए। नगरको १६ नम्बर वार्डमा पार्टीले भित्ते लेखन अभियान सञ्चालन गरेको थियो, जसमा विधायक शंकर घोष पनि सहभागी भएका थिए।
पार्टी स्रोतका अनुसार कार्यक्रममा कार्यकर्ता र समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो। यद्यपि उक्त क्षेत्रका लागि उम्मेदवारको नाम भने अझै घोषणा गरिएको छैन।
सो अवसरमा बोल्दै विधायक शंकर घोषले पार्टीले जसलाई उम्मेदवार बनाए पनि यस पटकको निर्वाचनमा भारतीय जनता पार्टीले राज्यमा सरकार गठन गर्ने दाबी गरे। उनले सत्तारूढ दलमा देखिएको भ्रष्टाचारका कारण जनताले परिवर्तन चाहेको र यसपटक तृणमूल काँग्रेसलाई समर्थन नगर्ने विश्वास व्यक्त गगरे
उनले उम्मेदवारहरूको नाम चाँडै नै सार्वजनिक गरिने पनि बताए।

About Author

Advertisement