दार्जिलिङ: पश्चिम बंगाल राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले चन्द्रशेखर बसोतियालाई भारतीय जनता पार्टी पश्चिम बंगालका मिडिया सह–संयोजक पदमा नियुक्ति भएकोमा सामाजिक संजाल मार्फत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे साथै हर्षवर्धनले यो सम्मान बासोतियाको अथक समर्पण, निष्ठा, निरन्तर परिश्रम तथा सञ्चार माध्यमसँग काम गर्ने गहिरो ज्ञान र अनुभवको उचित कदर हो भनि संजालमा आफ्नो भाव प्रकट गरे।
सांसद श्रृंगलाले यस महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक वहन गर्न बसोतियालाई निरन्तर ऊर्जा, शक्ति र सफलताको कामना गरे। सांसदले भने- बासोतिया दार्जिलिङ वेलफेयर सोसाइटीका पनि एक सम्मानित सदस्य हुन्, जहाँ उनका योगदानहरू प्रतिबद्धता, विश्वसनीयता र साँचो सेवाभावले सधैं अमूल्य रहँदै आएकाे छ।








