राज्यसभा निर्वाचनका लागि तृणमूल कांग्रेसद्वारा चार उम्मेदवार काे घोषणा

985612-3852kpdestwe7kk9vlq5pxsdibdo5agwt0tt6362497

कोलकाता: तृणमूल कांग्रेस ले आगामी राज्यसभा निर्वाचनका लागि चार उम्मेदवारको नाम घोषणा गरेको छ। पार्टीले मन्त्री बाबुल सुप्रियो, पश्चिम बंगालका पूर्व प्रहरी महानिर्देशक राजीव कुमार, अधिवक्ता मेनका गुरुस्वामी तथा अभिनेत्री कोयल मल्लिक लाई उम्मेदवार बनाएको हो।
निर्वाचन आयोगका अनुसार पश्चिम बंगालसहित विभिन्न राज्यका ३७ राज्यसभा सिटका लागि चैत ३ गते (१६ मार्च) मतदान हुनेछ। तृणमूल कांग्रेसले ‘एक्स’ मार्फत विज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा गर्न पाउँदा खुसी लागेको जनाउँदै सबै उम्मेदवारलाई बधाई तथा शुभकामना दिएको छ।
सुप्रियो सन् २०२१ मा तृणमूल कांग्रेसमा प्रवेश गरेका थिए र हाल मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री छन्। राजीव कुमार प्रहरी महानिर्देशक तथा यसअघि कोलकाता प्रहरी आयुक्तका रूपमा कार्यरत थिए। मेनका गुरुस्वामी सर्वोच्च अदालतकी अधिवक्ता हुन् भने कोयल मल्लिक बंगाली चलचित्र क्षेत्रमा परिचित अभिनेत्री हुन्।

About Author

Advertisement