दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका जनताको तर्फबाट पश्चिम बंगालका राज्यपाल सी. भी. आनन्द बोसप्रति कृतज्ञता व्यक्त गरे।
एक सन्देशमार्फत सांसदले राज्यपालप्रति आभार प्रकट गर्दै भने कि पश्चिम बंगालका राज्यपालका रूपमा श्री बोसले आफ्नो कार्यकालमा उल्लेखनीय योगदान दिए र राज्यको सेवा गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरे।
सन्देशमा सांसदले राज्यपाल श्री बोसको कार्यकाललाई प्रभावशाली र प्रेरणादायी भन्दै प्रशंसा गरे। साथै आगामी दिनहरूमा पनि उनले यही समर्पणका साथ राष्ट्रको सेवा गरिरहून् भनि शुभकामना व्यक्त गरे।









