नयाँ दिल्ली: आईपीएल २०२६ सीजन अघि युनाइटेड स्प्रिट्स लिमिटेड (यूएसएल)-ले मंगलवार रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) बिक्री भएको घोषणा गऱ्यो। यूएसएल-ले आरसीबी फ्रेञ्चाइजीलाई आदित्य बिड़ला ग्रुप, द टाइम्स अव् इण्डिया ग्रुप, बोल्ट भेञ्चर्स र ब्ल्याकस्टोनको एउटा गठजोड़लाई १.७८ अरब अमेरिकी डलर (लगभग १६७०६ करोड़ रुपियाँ)-को नगद सौदामा बिक्री गऱ्यो। गत च्याम्पियन आरसीबी टीमको स्वामित्व अब यस समूहसँग रहनेछ। यसरी एकै दिनमा दुईवटा आईपीएल फ्रेञ्चाइजीलाई नयाँ मालिक प्राप्त भयो। यसअघि काल सोमानीले राजस्थान रोयल्स फ्रेञ्चाइजीलाई १.६३ बिलियन अमेरिकी डलर (लगभग १५२९० करोड़ रुपियाँँ)-मा खरीद गरेको थियो। समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, यस समूहले यूएसएलसँग फ्रेञ्चाइजीको १०० प्रतिशत हिस्सेदारी किन्ने सम्झौता गरेको छ। यस सौदामा आरसीबीको पुरुष र महिला दुवै टीम सामेल छ। यूएसएल ब्रिटेनको डियाजियोको सहायक कम्ती हो अनि अहिले उनीहरू आरसीबीबाट बाहिर निस्किन चाहन्छन् कारण यो टीम उनीहरूको मुख्य व्यवसायको हिस्सा थिएन। सम्झौताअन्तर्गत आदित्य बिरला ग्रुप (एबीजी)-का निदेशक आर्यमान विक्रम बिड़लालाई आरसीबीको चेयरम्यान (प्रमुख) बनाइनेछ जबकि टाइम्स अव् इम्डियाका सत्यन गजवानी उपप्रमुख हुनेछन्। यस सौदालाई भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) र आईपीएल सञ्चालन समितिको साथ-साथ महिला प्रीमियर लीग र भारतीय प्रतिस्पर्धा आयोगबाट औपचारिक मञ्जुरी प्राप्त हुनु चाहिँ बाँकी छ।









