रहमानलाई धर्म परिवर्तनको सुझाव दिएर विवादमा अनुप जलोटा

IMG-20260121-WA0080

मुम्बई: मुस्लिम धर्मावलम्बी भए के बलिउडमा काम पाउन गाह्रो हुन्छ? भाजपाको सत्ता आगमनपछि हिन्दी फिल्म उद्योगमा के धार्मिक ध्रुवीकरणको राजनीति हावी भएको छ? ए.आर. रहमानको हालैको टिप्पणीले यस्ता धेरै प्रश्नहरू उठाएको छ। यसले मनोरञ्जन जगत मात्र होइन, राजनीतिक क्षेत्रमा पनि व्यापक बहस जन्माएको छ। यद्यपि रहमानको दाबी खारेज गर्दै भाजपाले उदाहरणका रूपमा शाहरुख–सलमानका तीन दशक लामो ‘खान साम्राज्य’को उल्लेख गरेको छ, तर यो विवाद तत्कालै थामिने देखिँदैन।
यसैबीच, अस्कर विजेता ए.आर. रहमानको ‘साम्प्रदायिक विभाजन’ सम्बन्धी टिप्पणीबारे वरिष्ठ गायक अनुप जलोटाले मुख खोलेका छन्। हालै एक अन्तर्वार्तामा ए.आर. रहमानले दाबी गरेका थिए।
“पछिल्ला आठ वर्षमा सत्ता परिवर्तनसँगै बलिउडमा धेरै काम हातबाट गएको छ। यसको पछाडि साम्प्रदायिक विभाजनको नीति पनि हुन सक्छ। यद्यपि कसैले यो कुरा सिधै मेरो मुखमा भनेको छैन, तर कानाफुसीका रूपमा यस्ता कुरा मैले सुनेको छु।
यही टिप्पणीलाई लिएर अनुप जलोटाले अस्कर विजेता संगीतकारलाई फेरि धर्म परिवर्तन गर्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो सन्देशमा वरिष्ठ गायक जलोटाले भने, “संगीत निर्देशक ए.आर. रहमान मूलतः हिन्दु थिए। पछि उनले इस्लाम धर्म स्वीकार गरे। त्यसपछि त उनले उद्योगमा प्रशस्त काम गरे, ख्याति कमाए र धेरै माया पनि पाए। तर अहिले यदि रहमानलाई लाग्छ कि धर्मकै कारण भारतमा उनलाई पर्याप्त काम मिलिरहेको छैन भने, उनले फेरि हिन्दु धर्म अपनाउने बारे सोच्नुपर्छ।
यतिमै नरोकी, व्यंग्यात्मक शैलीमा रहमानलाई थप कटाक्ष गर्दै जलोटाले भने, “कम्तीमा यति आत्मविश्वास त हुनुपर्छ कि हिन्दु धर्ममा फर्किएपछि उद्योगमा फेरि काम पाउन थालिन्छ भन्ने विश्वास होस्। त्यो अन्तर्वार्ताबाट मैले त यही बुझें। त्यसैले म जोडदार रूपमा सुझाव दिन्छु कि रहमान फेरि हिन्दु धर्ममा फर्कियाेस् र हेरोस्, काम पाउछ कि पाउदैन!
जलोटाको यस्तो अभिव्यक्तिले सामाजिक सञ्जालमा तीव्र विवाद जन्माइसकेको छ। कतिपयको भनाइ छ, “सनातन धर्म खेलौना होइन, एक पटक त्यागेपछि चाहँदैमा सजिलै फेरि ग्रहण गरेर ‘साँचो हिन्दु’ बन्न सकिँदैन।” अरूको टिप्पणी छ, “धर्म प्रत्येक व्यक्तिको निजी विषय हो, यसलाई कसैमा थोपर्न मिल्दैन।” अनुप जलोटाको यस किसिमको अभिव्यक्तिले विभिन्न क्षेत्रमा कडा आलोचना पनि जन्माएको

About Author

Advertisement