हुबली: भारतीय घरेलु क्रिकेटको इतिहासमा एउटा नयाँ अध्याय जोड़ियो। जम्मू-कश्मीरले शनिवार कर्नाटकविरुद्ध ड्र रहेको फाइनलपछि पहिलो ईनिंग्सको बढ़तको आधारमा आफ्नो पहिलो रणजी ट्रफी खिताब जितेर इतिहास रच्यो। यसरी जम्मू-कश्मीरले ६७ सालको लामो प्रतीक्षापछि देशको सबैभन्दा प्रतिष्ठित घरेलु टुर्नामेण्टको खिताब आफ्नो नाम गऱ्यो। फाइनलमा जम्मू-कश्मीरले आफ्नो पहिलो ईनिंग्समा ५८४ रनको विशाल स्कोर बनाएको थियो। टीमको निम्ति ६ जना ब्याटरले ५० या त्यसभन्दा अधिकको स्कोर बनाएका थिए, जसमा शुभम पुण्डिर (१२१)-को शतक सामेल छ। त्यसपछि कर्नाटकले आफ्नो पहिलो ईनिंग्समा १९३ रन बनाएको थियो, जसमा मयंक अग्रवाल (१६०)-को शतक सामेल छ। जम्मू-कश्मीरका पेस बलर औकिब नबीले ५ विकेट लिएर कर्नाटकलाई ब्याकफूटमा ठेलेका थिए। यसरी पहिलो ईनिंग्सको आधारमा हासिल गरेको २९१ रनको बढ़त नै अन्तमा खिताबको आधार बन्यो। फलो-अन नदिने फसेला च्याम्पियन टीमको निम्ति सही साबित भयो। शनिवार दोस्रो ईनिंग्समा जम्मू-कश्मीरले ११३ ओभरमा ४ विकेटमा ३४२ रन बनायो अनि जम्मा बढ़त ६३३ रनको पुग्यो। त्यसपछि कप्तान पारस डोगराले ईनिंग्स घोषित गरे अनि दुवै टीम म्याच ड्र गर्नमा सहमत भयो। जम्मू-कश्मीरको दोस्रो ईनिंग्समा कामरान इकबाल (अविजित १६०) र साहिल लोत्रा (अविजित १०१)-ले शतक बनाए। जम्मू-कश्मीरको यस ऐतिहासिक जीतमा औकिब नबीको महत्त्वपूर्ण योगदान रहे। उनले रणजी ट्रफीको यस सीजनमा ६० विकेट लिए। यसरी टीमका कप्तान पारस डोगराले यस सीजनमा रणजी ट्रफीमा १०,००० रन पूरा गरे। यस सीजन अघिसम्म जम्मू-कश्मीरले ३३४ वटा रणजी म्याच खेलेर केवल ४५ वटा जीत हासिल गरेको थियो। जम्मू-कश्मीरले पहिलोपल्ट १९५९-६० सीजनमा रणजी ट्रफीमा हिस्सा लिएको थियो अनि टीमलाई आफ्नो पहिलो जीत हासिल गर्न नै ४४ साल (सेनाविरुद्ध, १९८२-८३ सीजन) लागेको थियो।










