गान्तोक: जोरथाङ पुलिस थाना क्षेत्र अन्तर्गत रङ्गीत नदीमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ। मृतकको पहिचान हुन नसकेकाले शव नाम्ची जिल्ला अस्पतालमा ७२ घण्टाका लागि राखिएको छ।
पुलिस रिपोर्टका अनुसार, माझीगाउॅंका स्थानीय मानिसहरूले बुधवार रङ्गीत नदीमा एक व्यक्तिको शव तैरिरहेको देखे र पुलिसलाई सूचना दिए। घटना स्थलमा पुगेर पुलिसले जॉंच पड़ताल गर्दा शव एक पुरुष व्यक्तिको र आधा कुहिएको अवस्था रहेको थाहा लाग्यो। नदीबाट शव निकालेर नाम्ची जिल्ला अस्पतालमा पोस्टमार्टमको लागि पठाएको छ।
मृतक व्यक्तिको पहिचान र मृत्युको कारण स्पष्ट हुन सकेको छैन। शव जिल्ला अस्पतालमा ७२ घण्टाका लागि राखिएको छ। यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरेर जॉंच गरिरहेको छ।











