योगीसँग बादशाको भेट

IMG-20260114-WA0107

गोरखपुर: बलिउडका लोकप्रिय गायक तथा र्‍यापर बादशा १३ जनवरीमा उत्तर प्रदेशको गोरखपुर महोत्सवमा सहभागी भएका थिए। कार्यक्रमपछि भोलिपल्ट अर्थात् १४ तारिखमा उनी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको निवासमा पुगेर भेटघाट गरे।
योगी आदित्यनाथसँगको भेटपछि आफूले अनौठो किसिमको शान्ति महसुस गरेको बादशाले बताएका छन्। बुधबार बादशाले भने, “आज योगी आदित्यनाथसँग भेट गरेपछि मैले एउटा अद्भुत शान्ति पाएँ। उहाँको अनुहारमा फरक किसिमको तेज र ज्योति देखिन्छ, त्यो तेज र ज्योति भित्री स्थिरताबाट आउँछ। उहाँ अत्यन्त शान्त, सरल र सादा स्वभावका व्यक्ति हुनुहुन्छ। उहाँमा पशु–पक्षीप्रति जति प्रेम छ, त्यत्तिकै मानवप्रति दया र करुणा पनि छ। उहाँको जीवनको एउटै उद्देश्य छ, “आफ्नो देशको सेवा गर्नु, आफ्नो धर्मको रक्षा गर्नु र आफ्ना जनताका लागि आत्मत्याग गर्नु।”

About Author

Advertisement