युद्धपछिको सुरक्षा संरचना: अमेरिक–युक्रेन वार्ताको तेस्रो चरण, रुसबाट ‘शान्तिप्रति प्रतिवद्धता’ माग

Ukraine U.S. Russia Flags display

नयाँ दिल्ली: अमेरिकी र युक्रेनी अधिकारीहरूले युद्धपछि युक्रेनका लागि दीर्घकालीन सुरक्षा संयन्त्र तयार गर्न भइरहेको वार्ताको तेस्रो दिन पुनः बैठक थालेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरू र युक्रेनी प्रतिनिधिहरूले शुक्रबार यसबारे जानकारी दिएका हुन्। उनीहरूले रुसलाई स्थायी शान्तिका लागि ठोस प्रतिबद्धता जनाउन आग्रह गरेका छन्।
फ्लोरिडामा भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, “कुनै पनि सहमति त्यतिखेर मात्र सम्भव छ जब रुसले तनाव कम गर्ने र हिंसा रोक्ने दिशामा स्पष्ट तथा गम्भीर कदम चालेर शान्तिप्रति आफ्नो प्रतिवद्धता देखाउँछ।”
वक्तव्यमा भविष्यको एजेन्डाबारे अलग–अलग बैठकमा समीक्षा गरिएको उल्लेख छ, जसमा युद्धपछिको पुनर्निर्माण, अमेरिकी–युक्रेनी संयुक्त आर्थिक पहल तथा दीर्घकालीन परियोजनामा सहयोगका विषय समावेश छन्।
युक्रेन–रुसबीच चार वर्षदेखि जारी युद्धका बीच यो नयाँ चरणको कूटनीतिक प्रयास अघि बढाइएको हो। यसअघि क्रेमलिनमा राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी दूतहरूबीच भएको वार्तापछि अमेरिकी प्रतिनिधिहरूले फ्लोरिडामा युक्रेनका मुख्य वार्ताकार रुस्तम उमेरोभसँग भेटवार्ता गरेका थिए।
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेंस्कीले भने फ्लोरिडामा रहेका आफ्ना प्रतिनिधिहरू क्रेमलिन वार्ताका वास्तविक सन्देश बुझ्न इच्छुक रहेको बताए। उनले पुटिनमाथि बारम्बार शान्ति प्रक्रियामा देरी गरिरहेको आरोप लगाउँदै रुसले आक्रमण थप तीव्र पार्न खोजिरहेको दाबी गरेका छन्।
यहीबीच क्रेमलिनका विदेश मामिला सल्लाहकार यूरी उशाकोभले अमेरिकी प्रतिनिधि जारेड कुशनरको प्रशंसा गर्दै उनी युद्ध अन्त्यमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।

About Author

Advertisement