युक्रेन-ब्रिटेन साझेदारी सम्झौताबारे जेलेन्स्कीले के भने?

volodymyr-zelensky_e8c564f269a3da8882954fe04907bd68

कीव: युक्रेनी राष्ट्रपति भ्याल्दिमिर जेलेन्स्कीले ब्रिटेनका राजा चार्ल्स तृतीय र संयुक्त अधिराज्यलाई निरन्तर सहयोगका लागि धन्यवाद दिएका छन्।
ʻम राजा चार्ल्स तृतीयको बलियो समर्थनका लागि गहिरो कृतज्ञता व्यक्त गर्दछु। युक्रेनले संयुक्त अधिराज्यको बलियो र स्पष्ट अडानलाई धेरै महत्त्व दिन्छ,ʼ उनले सामाजिक सञ्जाल एक्समा लेखे।
जेलेन्स्कीले युरोप खतरामा भए सबै देश दृढ भएर उभिनुपर्ने बताए। उनले भने,ब्रिटेनले धेरै मोर्चामा स्वतन्त्रताको रक्षाको नेतृत्व गरिरहेको छ। ब्रिटेन, हाम्रा युरोपेली साझेदार र संयुक्त राज्य अमेरिका जस्ता देशहरूले सँगै मूल्यमान्यताको रक्षा गरिरहेका छन् र जीवन बचाइरहेका छन्।ʼ
राष्ट्रपतिले युक्रेन र बेलायतबीचको १०० वर्षे साझेदारी सम्झौतालाई अनुमोदन गर्ने कानुनमा हस्ताक्षर गर्नु आफ्नो लागि सम्मानको कुरा भएको पनि बताए।
युक्रेनी संसद्ले ठुलो बहुमतले सम्झौता पारित गरेको छ।

About Author

Advertisement