युक्रेनविरुद्ध युद्ध लड्न सेना रुस पठाएको उत्तर कोरियाले गर्‍यो स्वीकार

IMG-20250428-WA0056

नयाँ दिल्ली: उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न आफ्नो सेना रुस पठाएको स्वीकार गरेको छ। उत्तर कोरियाली सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्ररल न्यूज एजेन्सी केसीएनएले पहिलोपटक यसबारे जानकारी दिएको हो। 
समाचार अनुसार रुसको कुस्र्क सीमा क्षेत्र नियन्त्रणमा लिने लडाइँका लागि नेता किम जोङ उनको आदेशमा सेना पठाइएको थियो, जसमा उत्तर कोरियाली सेनाले रुसी सेनालाई मद्दत गरेको थियो। यसअघि कुस्रक क्षेत्रबाट उत्तर कोरियाली सैनिक गिरफ्तार गरेपछि युक्रेनले पहिलोपटक यसबारे खुलासा गरेको थियो। दक्षिण कोरिया तथा पश्चिमी गुप्तचर एजेन्सीहरुले ठूलो संख्यामा उत्तर कोरियाली सैनिक परिचालन भएको बताउने गरेका थिए। 
त्यसको केही समयमा युक्रेनले कुस्र्क लगायतका क्षेत्रमा १० हजारभन्दा बढी उत्तर कोरियाली सैनिक मारिएको दाबी गरेको थियो। युक्रेनका पश्चिमा सहयोगी देशले पनि १ हजारदेखि १० हजारसम्म उत्तर कोरियाली सैनिक मारिएको बताएका थिए। तर रुसी सेना प्रमुख भालेरी गेरासिमोभले उत्तर कोरियाली सैनिकले बहादुरी देखाएको भन्दै तारिफ गरेका थिए।
साथै उनले कुस्र्क क्षेत्र उत्तर कोरियाली सैनिकको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिइएको दाबी गरेका थिए। तर युक्रेनले भने उक्त दाबीको खण्डन गरेको थियो। यी सबै सन्दर्भमा उत्तर कोरिया मौन बसेको थियो।

About Author

Advertisement