मेसीकाे भारत दौरा

Screenshot_20251128_230253_Google

हैदराबाद: अर्जेन्टिनाका महान फुटबलर लियोनेल मेसीले अर्को महिनामा आयोजना हुन लागेको ‘गोट भारत दौरा २०२५’ कार्यक्रममा हैदराबादलाई आफ्नो यात्रा तालिकामा समावेश गरिएको पुष्टि गरेका छन्। हैदराबाद भारतमा मेसीको चौथो यात्रा स्थल हुनेछ।
विश्वकप विजेता कप्तान मेसीले आफ्नो दौरा कोलकाता बाट सुरु गर्नेछन् र त्यसपछि हैदराबाद आउनेछन्। त्यसपछि उनी मुम्बई र नयाँ दिल्ली जानेछन्, जहाँ उनी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने अपेक्षा गरिएको छ।
मेसीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “भारतबाट पाएको माया को लागि धन्यवाद। ‘गोट भारत दौरा’ केही हप्ताभित्र सुरु हुँदैछ। मलाई खुशी लागेको छ कि हैदराबादलाई मेरो कोलकाता, मुम्बई र दिल्ली यात्रा कार्यक्रममा समावेश गरिएको छ। छिट्टै भेटौ इंडिया।”
हैदराबादलाई समावेश गर्ने निर्णय अर्जेन्टिनाको कोच्चि मा प्रस्तावित मित्रतापूर्ण खेल रद्द भएपछि गरिएको हो। उक्त खेल केरलका खेलमन्त्री वी अब्दुरहमानले १७ नोभेम्बरका लागि घोषणा गरेका थिए।
अब मेसी भारतका चार प्रमुख शहर: पूर्व (कोलकाता), दक्षिण (हैदराबाद), पश्चिम (मुम्बई) र उत्तर (नयाँ दिल्ली) मा यात्रा गर्नेछन्। दौरा १३ डिसेम्बरमा कोलकाता बाट शुरु भएर अहमदाबाद र मुम्बई हुँदै १५ डिसेम्बरमा नयाँ दिल्लीमा समापन हुनेछ।

About Author

Advertisement