सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको पहलमा राज्य सरकारले सञ्चालन गरेको विकासमुखी योजना “हाम्रो पारा, हाम्रो समाधान” अन्तर्गत ४,४३,६५७.०० रुपैयाँको वित्तीय सहयोगमा सिलगढी नगरपालिकाको २५ नम्बर वार्ड, जलपाई मोडमा विश्वप्रसिद्ध स्वयंसेवी संस्था ‘लायन्स क्लब अन्तर्राष्ट्रिय’ का संस्थापक मेल्विन जोन्सको पूर्णाकृति मूर्तिको शुभ उद्घाटन कार्यक्रम सम्पन्न गरे।
प्राप्त जानकारी अनुसार उद्घाटन समारोहमा स्थानीय प्रशासन, नगरपालिकाका पदाधिकारी तथा समुदायका प्रतिनिधिहरू उपस्थित थिए। गौतम देवले यस अवसरमा मुख्यमन्त्रीले भनेको कुरा व्यक्त गर्दै यस प्रकारका सांस्कृतिक र सामाजिक कार्यक्रमहरूले स्थानीय जनताको सहभागिता र सामाजिक चेतना बढाउने र मूर्तिको स्थापना समुदायमा सेवा भाव र सामाजिक उत्तरदायित्वको प्रतीकको रूपमा रहने जनाए।
यसरी नै चेयरमैन गौतम देवले कार्यक्रम अन्तर्गत स्थानिय जनताले मूर्तिको अवलोकन गरी संस्थापकको योगदानको महत्वबारे जानकारी पाएको कुरा व्यक्त गर्दै सामाजिक सद्भावना र सहकार्यलाई प्रवर्द्धन गर्ने वचनसमेत व्यक्त गरे।
अन्तमा राज्य सरकारले यस परियोजनालाई स्थानीय विकास र सामाजिक चेतनामा योगदान पुर्याउने एक महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेको चेयरमैनले जनाए।










