“मेरो जिब्रो चिप्लियो, मैले सिक्किमलाई छुट्टै देश भनेँ, म साँच्चै माफी चाहन्छु!”: डा. अजय कुमार

IMG-20250703-WA0098

कोलकाता: कांग्रेस नेता तथा पूर्व सांसद डा. अजय कुमारले हिजो आयोजित पत्रकार सम्मेलनमा ‘सिक्किम’ लाई छिमेकी देश भनेकोमा माफी मागेका छन्, यसलाई मानवीय त्रुटि भन्दै उनले आफ्नो जिब्रो चिप्लिएको बताएका छन्।
कांग्रेस नेताको यो गल्तीपछि अब भाजपा शिविरमा प्रतिक्रियाको श्रृंखला सुरु भएको छ। डा. अजय कुमारले आफ्नो सन्देशमा भाजपाले यसबारे पत्रकार सम्मेलन गर्ने सोच बनाएको पनि बताएका छन्, उनी थप भन्छन्, “हिजो मैले सेलको ४०० करोडको घोटालाको बारेमा पनि कुरा गरेको थिएँ, भाजपाले त्यसमा पनि किन पत्रकार सम्मेलन गरिरहेको छैन?”

About Author

Advertisement