मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगाल दौड़ाहा, सुरक्षा व्यवस्था कठोर

tc8b0jl8_mamata-banerjee_625x300_22_August_23

सिलगढ़ी: मुख्यमन्त्री ममता ब्यानर्जीको १६ जनवरीदेखि शुरू भइरहेको तीन दिवसीय उत्तर बंगाल दौड़ाहलाई लिएर सिलगढ़ीमा प्रशासन तथा पार्टी संगठन पूर्ण रूपले तयार छ। शहरभरि नै स्वागतको तयारी भइरहेको छ भने सिलगढ़ी मेट्रोपोलिटन पुलिसले कड़ा सुरक्षा व्यवस्था गरेको छ।
मुख्यमन्त्रीको सुरक्षाको लागि पहिलो पटक भ्रमणावधिभरि नै ड्रोनबाट निगरानी राखिनेछ। माटीगाड़ा तथा उत्तरकन्यामा सुरक्षाको विशेष बन्दोबस्त गरिएको छ साथै उत्तर कन्या वरपरका सबै बाटोहरू बन्द रहनेछन्। माटीगाड़ाको महाकाल मन्दिर शिलान्यास स्थललाई सुरक्षा घेरोमा लिइएको छ। ट्राफिक विभागलाई जाममुक्त आवागमनको जिम्मेवारी सुम्पिइएको छ भने मालवाहक वाहनहरूमाथि रोक लगाइएको छ।
प्रशासनिक सूत्र अनुसार शुक्रवार मुख्यमन्त्री सिलगढ़ी आइपुग्नेछन् अनि महाकाल मन्दिरको शिलान्यास गरेपछि उत्तरकन्यामा रात्रि विश्राम गर्नेछन्। शनिवार जलपाईगुड़ीमा हाईकोर्ट सर्किट बेञ्चको नयाँ भवनको उद्घाटन समारोहमा सामेल हुनेछन्।

About Author

Advertisement