गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बौद्ध धर्मगुरू दलाई लामाका पवित्रतामा, उनलाई “मेडिटेशन: द रिफ्लेक्शन्स अफ हिज् होलिनेस द दलाई लामा”का लागि सर्वश्रेष्ठ अडियोबुक वर्णन (वेष्ट अडियोबुक नेरेशन) को ग्रेम्मी अवार्ड प्राप्त गरेको अवसरमा गहिरो श्रद्धा र आनन्दका साथ हृदयदेखि हार्दिक बधाई प्रकट गरे।
मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत यसबारेमा उल्लेख गर्दै यो सम्मानले करुणा, बुद्धिमत्ता र सार्वभौमिक जिम्मेवारी जगाउन समर्पित दलाई लामाको जीवनलाई मान्यता दिन्छ। उनको मधुर आवाज र कालजयी शिक्षाहरू मार्फत अनगिन्ती प्राणीहरू आन्तरिक शान्तिको मार्गतर्फ र साझा अन्तर सम्बन्धको गहिरो स्मरणतर्फ निर्देशित हुन्छन् भने। साथै मुख्यमन्त्रीले यी ध्यानहरू सदैव दया, पीडा निवारण, र एक अधिक करुणामय संसारको मार्ग उजागर गर्न बीउ रोप्न जारी रहोस् भन्ने कामना गरे।










