कोलकाता: एशियाली खेलकुदमा स्वर्ण पदक विजेता तथा अर्जुन पुरस्कारबाट सम्मानित चर्चित भारतीय एथ्लेट स्वप्न वर्मन औपचारिक रूपमा ‘मा–माटी–मानुष’ परिवारमा आबद्ध भए। उनलाई हार्दिक स्वागत जनाउँदै सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले यो सहभागिताले राज्यको खेलकुद तथा सामाजिक विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले मुख्यमन्त्री ममता बेनर्जीको सक्षम नेतृत्वमा तथा अखिल भारतीय तृणमूल कांग्रेसका महासचिव अभिषेक बेनर्जीको मार्गदर्शनमा बंगालको विकासको यात्रा निरन्तर अघि बढिरहेको उल्लेख गर्दै पार्टीले स्वप्ना बर्मन जस्तो प्रेरणादायी व्यक्तित्वको आगमनले संगठनलाई थप सशक्त बनाउने जनाए।
उनले खेल क्षेत्रमा आफ्नो अदम्य साहस, समर्पण र उत्कृष्ट प्रदर्शनका कारण अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाएकी स्वप्ना बर्मनले अब सामाजिक सेवा र जनहितका कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ भने।
पार्टी सूत्रका अनुसार चेयरमैन गौतम देवले स्वप्न वर्मनको अनुभव, अनुशासन र प्रतिबद्धताले जनसेवा तथा प्रगतिका लक्ष्यलाई अझ मजबुत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। साथै आउँदो दिनहरूमा उनको सार्वजनिक जीवन सफल र अर्थपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरे।








