महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि क्यानले बोलायो २६ जनालाई बन्द प्रशिक्षणमा

IMG-20251204-WA0087

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि २६ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ। शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणका लागि क्यानले २६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
क्यानले बिहीबार सार्वजनिक गरेको टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट रहेका छन्। यस्तै रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी टोलीमा रहेका छन्।
जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा हुने ग्लोबल क्वालिफायरमा १० देशको सहभागिता रहनेछ। तीमध्ये शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

About Author

Advertisement