ममता बेनर्जी आफू स्तब्ध भएको दावी

FB_IMG_1771493258684

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सामाजिक संजाल मार्फत आफु फेरि स्तब्ध भएको कुरो प्रकट गरिन्।
उनले संजालमा बारम्बार एउटै घटना दोहोरिँदै आएको व्यक्त गर्दै बङ्गालका मनीषिहरूप्रति प्रधानमन्त्रीको उपेक्षा र असंवेदनशीलता आज फेरि स्पष्ट रूपमा प्रकट भयो भनिन्।
यस प्रसंगमा मुख्यमन्त्री ममता बेनर्जीले आज युगावतार श्री श्री रामकृष्ण परमहंसदेवको जन्मतिथि हो र यस पवित्र अवसरमा परमहंसलाई प्रणाम गर्न जाँदा प्रधानमन्त्रीले उहाँको नामअगाडि एक अज्ञात र अनुपयुक्त उपाधि ‘स्वामी’ जोडे ! भनेर कटाक्ष गरिन्।
यसरी नै मुख्यमन्त्री ममता बेनर्जीले अघि भनिन्- सबैलाई थाहा छ, श्रीश्री रामकृष्ण आम जनतामाझ ‘ठाकुर’ का रूपमा पूजित हुनुहुन्छ। उहाँको देहावसानपछि उहाँका संन्यासी शिष्यहरूले रामकृष्ण मठ र मिशन स्थापना गरे र भारतीय परम्परा अनुसार ती संन्यासीहरूको नामअगाडि ‘स्वामी’ उपाधि प्रयोग गरियो। तर स्वयं आचार्यदेव सधैँ ‘ठाकुर’ नामले नै परिचित हुनुहुन्छ। रामकृष्ण संघको पवित्र त्रयी— ठाकुर–मा–स्वामीजी—मा पनि उहाँ ‘ठाकुर’ नै हुनुहुन्छ; माँ सारदा ‘मा’ र विवेकानन्द ‘स्वामीजी’ का रूपमा परिचित छन्।
अन्तमा मुख्यमन्त्री ममता बेनर्जीले ठाकुरलाई ‘स्वामी’ भन्नु भनेको बङ्गालको संस्कृति र इतिहासप्रति चरम अज्ञानता र उपेक्षा बाहेक केही होइन भनिन् साथै प्रधानमन्त्रीलाई विनम्र अनुरोध गर्दै,आधुनिक भारतका रूपकार बङ्गालका नवजागरणका महापुरुषहरूको अपमान गर्न बन्द गर्न भनिन्।साथै ममताले भनिन्, “उहाँहरूका लागि हरेक दिन नयाँ विशेषण सिर्जना गर्ने कुनै आवश्यकता छैन। कृपया बङ्गालको भावनामा यसरी बारम्बार चोट पुर्‍याउनु बन्द गर्नुहोस्।

About Author

Advertisement