काेलकत्ता: आईपीएल २०२६-मा काेलकत्ता नाइट राइडर्स (केकेआर)-को समस्या लगातार बढ़िरहेको छ अनि टीमको प्रदर्शन हरेक म्याचको साथ अझ खराब हुँदै गएको छ। मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादविरुद्ध आफ्नो पहिलो २ वटा म्याच हारेपछि केकेआर-को पञ्जाब किंग्सविरुद्ध सोमवार खेलिने म्याच पनि वर्षाले गर्दा रद्द भयो। शुरुवातदेखि नै केही प्रमुख खेलाड़ीहरूका चोटको समस्यासँग जुझिरहेको केकेआर-लाई अहिले अझ एउटा धक्का लागेको छ। श्रीलंकाई पेस बलर मथीशा पथिरानालाई अहिलेसम्म श्रीलंका क्रिकेट (एसएलसी)-बाट नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) हासिल भएको छैन। एसएलसी-ले वानिन्दु हसरंगा र पथिरानाले अहिलेसम्म अनिवार्य फिटनेस टेस्ट नदिएको पुष्टि गरेको छ जबकि यी २ जना ती १५ केन्द्रीय अनुबन्धित खेलाड़ीहरूमा सामेल छन्, जसले अहिलेसम्म फिटनेस टेस्ट दिएका छैनन्। यसरी अन्य ६ जना फिटनेस टेस्टमा फेल भएका छन्। पथिरानालाई टी२० वर्ल्ड कपको समय पासुलाको मांसपेशीमा चोट लागेको थियो अनि उनले हालै नेट्समा बलिंग शुरु गरेका छन्। रिपोर्टअनुसार, उनी अप्रेलको मध्यसम्म केकेआर टीममा सामेल हुनसक्छन् तर यसको निम्ति उनले एसएलसी-द्वारा अनिवार्य गरिएको फिटनेस टेस्ट पास गर्नु पर्नेछ, जसको निम्ति आधिकारिक तारिख अहिलेसम्म तय भएको छैन। उनको आउँदो एक हप्ताभित्र टेस्ट हुने सम्भावना छ।
यसरी लखनऊ सुपर जाइण्ट्सका खेलाड़ी हसरंगा पनि देब्रे खुट्टाको ह्याम्स्ट्रिंगको चोटसँग जुझिरहेका छन्। उनको उपलब्धतालाई लिएर अहिले पनि अनिश्चितता रहेको छ कारण उनले अहिलेसम्म एनओसी-को निम्ति आवेदन गरेका छैनन्। वर्तमान स्थितिलाई ध्यानमा राख्दै श्रीलंकाका ४५ केन्द्रीय अनुबन्धित खेलाड़ीहरूमा केवल २४ जनाले फिटनेस टेस्ट पास गरेका छन्। खेलाड़ीहरू फिटनेस टेस्टमा सामेल नहुनुपछि चोटसँग सम्बन्धित चिन्ताहरूको साथमा लजिस्टिक्स (आवागमन)-सँग सम्बन्धित समस्याहरू पनि रहेको छ। उल्लेखनीय छ, एसएलसी-ले आईपीएल २०२६ अघि नै यस टुर्नामेण्टमा हिस्सा लिन इच्छुक खेलाड़ीहरूलाई एनओसी दिइने घोषणा गरेको थियो तर त्यसको निम्ति उनीहरूले अनिवार्य फिटनेस टेस्ट पास गर्नु पर्नेछ।









