भिन्न अभियानमा १७४ ग्राम ब्राउन शुगर सहित तस्कर पक्राउ
इम्फाल: मणिपुरमा सुरक्षा एजेन्सीहरूद्वारा संचालित दुई भिन्न अभियानहरूमा फर्जी पहिचान पत्रसितै दुईजना मानिसहरूलाई हिरासतमा लिनको साथै नशालु पदार्थहरूको तस्करी गरेको मामिलामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ।
इम्फाल एयरपोर्टमा सुरक्षा जाँच अवधि अधिकारीहरूले एकजना नाबालिक र २२ वर्षीय युवकलाई हिरासतमा लिए। जाँचमा उनीहरूबाट केही नक्कली आधार कार्ड र मतदाता पहिचान पत्र जफत गरियो जसमा नाम र व्यक्तिगत जानकारी अलग-अलग अंकित थियो भने तस्वीर एउटै मानिसको थियो।
मणिपुर पुलिस मुख्यालय अनुसार पक्रा पर्ने युवकको पहिचान आलम आजाद (२२)- को रूपमा भएको छ जो थौबल जिल्लाको लिलोंग अतोउखोंग मानिंग लेइकाई निवासी रहेको बताइएको छ। प्रारम्भिक जाँचम संकेत पाइएको छ, यो मामिला व्यक्तिगत स्तरको मात्र नबेर एक संगठित जाली पहिचान नेटवर्कसित जोड़िएको हुनसक्छ। पुलिसले यो पनि जाँच गरिरहेको छ, यी दस्तावेजहरूको उपयोग अवैध यात्रा वा अन्य अवैध गतिविधिहरूमा गरिरहेको त थिएन।
अधिकारीहरूले बताए, दस्तावेजको श्रोत अनि नेटवर्कको जरासम्म पुग्नको लागि जाँच जारी छ।
ब्राउन शुगरसितै तस्कर पक्राउ:
यसैबीच अर्को एउटा अभियानमा सुरक्षा बलहरूले माओ चेक पोस्टमा एउटा वाहनलाई रोकेर जाँच गऱ्यो जसमा ३५ वर्षीय फिरोजलाई १७४ ग्राम ब्राउन शुगरसितै पक्राउ गरियो।
पुलिस अनुसार आरोपीबाट एउटा सेतो रंगको मारुति सुजुकी ए-स्टार (एचआर-०५एजी-९८४४), ५००० रुपियाँ, आधार कार्ड, एटीएम कार्ड र ड्राइभिंग लाइसेन्स सहित केही दस्तावेजहरू जफत गरिएको छ। आरोपी इम्फाल पूर्वी जिल्लाको याइरिपोक तुलिहाल मायाई लेइकाई निवासी रहेको बताइएको छ।
सुरक्षा व्यवस्था तथा खोजी अभियान तीव्र:
अधिकारीहरूले बताए, राज्यको संवेदनशील तथा सीमावर्ती क्षेत्रहरूमा लगातार खोजी अभियान संचालन भइरहेको छ। गए सोमवार राष्ट्रिय राजमार्ग-३७ मा ५४ वटा वाहनहरूको सुरक्षित आवागमन सुनिश्चित गरियो। यस अतिरिक्त राज्यभरि ११४ नाका अनि चेक पोइन्ट राखियो।









