बर्मिंघम: भारतीय ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेनले खुट्टा र मांसपेशीको चोटसँग जुझ्दै क्यानाडाका भिक्टर लाई-लाई पराजित गरी प्रतिष्ठित अल ईंग्ल्याण्ड च्याम्पियनशीपको फाइनलमा स्थान बनाए। यसरी लक्ष्य यस प्रतिष्ठित टुर्नामेण्टमा भारतको खिताब जित्ने २५ सालको खड़ेरीलाई समाप्त गर्नदेखि केवल एक कदमको दूरीमा रहेका छन्। लाईविरुद्ध सेमिफाइनल लक्ष्यको करियरको सबैभन्दा असल म्याचहरूमा एउटा साबित भयो। लक्ष्यले शनिवार १ घण्टा ३७ मिनटसम्म चलेको रोमाञ्चक म्याचमा लाई-लाई २१-१६, १८-२१, २१-१५-ले पराजित गरे, जसले गत वर्ष पेरिसमा भएको वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए। लक्ष्य यसअघि २०२२-को संस्करणमा उपविजेता रहेका थिए। यसरी अल ईंग्ल्याण्ड च्याम्पियनशीपमा यो उनको दोस्रो फाइनल हुनेछ। फाइनलमा २४ वर्षीय भारतीय खेलाड़ीको भिड़न्त विश्वका ११औं नम्बरका खेलाड़ी चाइनीज ताइपेका लिन चुन यीसँग हुनेछ। यस प्रतिष्ठित ब्याडमिण्टन टुर्नामेण्टमा भारतको निम्ति यसअघि प्रकाश पादुकोण (१९८०) र पुलेला गोपीचन्द (२००१)-ले मात्र खिताब जित्न सकेका छन्। यसबाहेक प्रकाश नाथ (१९४७) र साइना नेहवाल (२०१५) उपविजेता रहेका थिए। लाईविरुद्ध म्याचमा लक्ष्यले असाधारण मानसिक मजबूती, अभेद डिफेन्स र सटीर स्ट्रोकप्लेको नमूना पेश गरे। दोस्रो गेमको अवधि खुट्टाको छाला पिल्छिदा लक्ष्यले उपचारको निम्ति केही समयको निम्ति कोर्ट छोड़नु पऱ्यो। त्यसपछि उनले असाधारण प्रदर्शन गर्दै म्याच जिते।









